Comments Add Comment

५० बर्षकी भइन् मनिषा : नेपाली चेली कसरी बलिउडमा स्थापित भइन् ?

अभिनेत्री मनिषा कोइरालाले आज आफ्नो ५० औं जन्मदिन मनाउँदैछिन् । उनी एकमात्र यस्ती नेपाली चेली हुन्, जसले बलिउडमा आफ्नो प्रभूत्व जमाइन् ।  उनले बलिउडका तीन खान सलमान, शाहरुख, आमिर लगायत थुप्रै सुपरस्टारसँग स्क्रिन शेयर गरिन् ।

उनले बलिउड जस्तो विश्वकै ठूलो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिती जनाए । सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम, खामोसी जस्ता सुपरहिट फिल्म दिएकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् । उनले पाँचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।

डाक्टर होइन मोडल बनिन्

मनिषको सुरुवाती पढाई वाराणसीको वसन्त कन्या महाविद्यालयबाट भयो । त्यपछि उनी माध्यामिक तहको पढाईका लागि उनी आर्मी स्कुल धौलकुआं नयाँ दिल्ली पुगिन् ।

उनी डाक्टर बन्न चाहन्थिन् । तर, उनको रुची मोडलिङतर्फ मोडियो । उनले सन् १९८९ मा नेपाली फिल्म ‘फेरी भेटौला’मा अभिनय गरिन् । उनी भारतनाट्यम र मणिपुरी नृत्यमा पनि परांगत छिन् । तमिल फिल्म हुँदै बलिउड प्रवेश गरिन् । हिन्दी फिल्म सौदागरबाट उनले बलिउडमा पाइला टेकेकी हुन् ।

सौदागरबाट बलिउड यात्रा

मनिषाको बलिउड करियर सन् १९९१ बट सुभाष घई निर्देशित फिल्म सौदागरबाट भएको हो । उनी त्यसबेलाका लिजेन्ड कलाकार राजकुमार-दिलीपकुमारसँग एकसाथ ठूलो पर्दामा देखिएकी थिइन् । यहि फिल्म उनको सबैभन्दा ठूलो ब्लकबस्टर हिट फिल्म साबित भयो । करियरको पूर्वाद्ध सानदार रह्यो । उनी रातारात हिट भए ।

वास्तवमा अन्य बलिउड समकक्षी जस्तै फिल्मी पृष्टभूमी थिएन उनको । गैर फिल्मी पृष्टभूमीबाट आएपनि उनले आफ्नो अभिनय क्षमताको कारण हिन्दी सिनेमामा सर्बश्रेष्ठ अभिनेत्रीमा आफ्नो नाम दर्ता गरिन् । सन् १९९६ मा पार्थो घोष निर्देशित फिल्म अग्नि साक्षी र निर्देशक संजय लीला भन्सालीको फिल्म खामोशीले मनिषालाई बलिउड उद्योगको टप लिडिङ हिराइन बनाइदियो ।

दुबै फिल्ममा उनलाई भिन्न भिन्नै रुपमा देख्न सकिन्थ्यो । अग्नी साक्षीमा मनिषाले एक रोगी पतिको ख्याल गर्ने पतिव्रता पत्नीको भूमिका निर्वाह गरिन् । त्यसैगरी खामोशीमा आवाजविहिन आमाबुवाकोख्याल राख्ने प्यारी छोरीको रुपमा देखिइन् । दुबै फिल्ममा उनले निर्वाह गरेको शसक्त भूमिकाले आलोचकलाई जिब्रो टोक्न बाध्य तुल्यायो ।

सन् १९९७ मा मनिषा बबी देओल र काजोलको अपोजिट फिल्म गुप्त द हिडन ट्रुथमा देखिएकी थइन् । यो पनि ब्लकबस्टर साबित भयो । त्यहीबर्ष मणि रत्नम निर्देशित फिल्म दिल सेमा उनले शाहरुख खानसँग स्क्रिन सेयर गरिन् । यस फिल्मबाट उनले आलोचकको राम्रो तारिफ बटुलिन् । साथै फिल्म फेयर बेस्ट एक्ट्रेसको अवार्ड समेत हात पारिन् ।

त्यसपछि उनी अजय देवगन स्टारर फिल्म कच्चे धागेमा देखिए । अर्को फिल्म मनमा उनले आमिर खानसँग स्क्रिन शेयर गरिन् । यो फिल्मले उनको करियरलाई थप उचाईमा पु¥यायो । त्यस बर्षको सर्वाधिक हिट फिल्ममा दरियो, मन ।

२००० मा उनी मल्टीस्टारर फिल्म लज्जामा देखिइन् । २००२ मा अजय देवगनसँग कम्पनी फिल्म खेलिन् । यस फिल्मको लागि उनले तेस्रो फिल्म फेयर क्रिटिक्स अवार्ड पाइन् ।

२००३ मा उनी कम बजेटको फिल्ममा देखिए । यहिबर्ष केन्द्रित फिल्म इस्केप फ्रम तालिबानमा अभिनय गर्न पुगिन् । त्यस फिल्मका लागि उनलाई बंगाल फिल्म जर्नलिस्ट एसोसिएशन अवार्डबाट सम्मानित गरियो ।

पछि मार्केट नामको फिल्म खेलिन् । त्यसबाट पनि उनले राम्रो प्रतिक्रिया पाइन् । फिल्मले बक्स अफिसमा राम्रो कारोबार ग¥यो ।

निर्मात्री पनि

मनिषा अभिनेत्रीका साथै एक निर्माता पनि हुन् । उनले फिल्म मेकिङको डिप्लोमा न्युयोर्क युनिभर्सिटीबाट गरेकी हुन् । उनले आफ्नो ब्यानरमा पैसा वसूल नामको फिल्म बनाइन् । यस्तो फिल्म बलिउडमा अहिलेसम्म बनेकै थिएन । यस फिल्ममो लिड रोलमा सुष्मिता सेन थिइन् । फिल्ममा न हिरो थियो, न लभ स्टोरी ।

२००७ मा उनी फिल्म अनवरमा एक सपोर्टिङ एक्ट्रेसको भूमिकामा देखिइन् । हिन्दी फिल्ममा उनले मुम्बई एक्सप्रेसबाट जबरजस्त कमब्याक गरिन् । यस फिल्ममा उनी इफरान खानसँग देखिए । फिल्म राम्रो भएपनि खराब मार्केटिङको कारण बक्स अफिसमा कमाल देखाउन सकेन ।

नफापेको दाम्पत्य

बलिउडमा जुनबेला मनिषा चम्किएकी थिइन्, त्यहीका कलाकर्मीदेखि फिल्ममेकरसम्म उनको नाम जोडिन्थ्यो । कहिले नाना पाटेकर त कहिले सुभाष घईसँग जोडिएर मनिषाको चर्चा गरिए । तर, उनी अबिवाहित रहिन् । करिब करियरको उत्तराद्र्धतिर उनले जीवन साथी पाएको खबर बाहिर आयो । मनिषाले आफ्नो लागि एक नेपाली व्यवसायी युवा रोजे, जसको नाम थियो सम्राट दाहाल । आफुभन्दा कान्छा उमेरका उनले सम्राटसँग धुमधाम बिवाह गरे, काठमाडौंमै । निकै चर्चामा रहेको मनिषाको बिहेको निम्तो मान्दै केहि बलिउडकर्मीसमेत काठमाडौं आए । तर, सम्राट–मनिषाको दाम्पत्य लामो समय टिक्न पाएन । अनेक खटपटबीच उनीहरु अघोषित रुपमा अलग भए ।

अहिले उनले भन्ने गरेकी छिन्, ‘त्यो बिवाह गर्नु मेरो ठूलो भूल थियो । मैले हतारमा त्यस्तो गल्ती गरें ।’

को–कोसँग जोडियो मनिषाको नाम ?

९० को दशकमा मनिषाको चमकदमक बेग्लै थियो । त्यहीताका हो, उनको अफेयरको एकपछि अर्को चर्चा चलेको पनि । सुरुमा उनी विवेक मुश्रानसँग नजिकिएकी थिइन् । विवेकले मनिषासँगै सौदागरमा अभिनय गरेका थिए । तर, उनीहरुको सम्बन्ध लामो समय रहेन । त्यसपछि उनी अष्ट्रेलियन राजदुत क्रिप्सिन कोनोरीसँग अफेयरमा रहिन् । उनीहरुबीच इंगेजमेन्ट समेत भएको थियो, २००२ मा । तर, पछि मनिषाले उनलाई बाइबाई गरिन् ।

त्यसपछि मनिषा अभिनेता नाना पाटेकरसँग जोडिइन् । अग्नी साक्षीमा मनिषाले उनैसँग स्क्रिन शेयर गरेकी थिइन् । तर, बिवाहित नाना पाटेकरसँगको सम्बन्धले पनि राम्ररी बिट मार्न पाएन । उनीहरु छुटिए । अब मनिषाको नाम हुशेनसँग जोडियो । उनीहरुको रहस्यमय सम्बन्ध पनि अन्ततः पूर्ण विराम लाग्यो ।

सन् २००३ मा लन्डन गएकी मनिषा त्यही नै नाइजेरियन व्यापारी सेसिलसँग नजिकिए । उनलाई भेट्नकै लागि मनिषा लन्डन पुग्थिन् । त्यसपछि मनिषा अर्यान भाइदसँग जोडिन आइपुगिन् । त्यस्तै प्रशान्तसँग पनि उनको नाम जोडियो । त्यसो त सन् २००७ मा उनको संगित निर्देशन सन्दीप चोट्वासँग अफेयर रहेको पनि चर्चा थियो । त्यसपछि उनी लेखक तथा खेल परामर्शदाता क्रिष्टोफरसँग रोमान्स गर्न आइपुगिन् । तर, यी कुनैपनि सम्बन्धको ह्याप्पी इन्डिङ हुन पाएन ।

 क्यान्सरसँग पैठेजोरी

दाम्पत्य जीवन टुट्यो । मनिषा अलग भइन् । बलिउडमा पनि उनको उपस्थिती सून्य जस्तै थियो । ठीक यहिबेला हो, उनलाई क्यान्सरले गाँजेको । सन् २०१२ मा उनलाई पाटेघरको क्यान्सर भएको थाहा भयो । उपचारका लागि उनी मुम्बईको जसलोक अस्पतालमा भर्ना भइन् । त्यहाँबाट पार नलागेपछि उनी अमेरिका पुगिन् । त्यहाँको सफल उपचारपछि उनले पुर्नजीवन पाएकी हुन् ।

नजिकबाट मनिषा

जन्म– १९७० अगस्ट १६

जन्मस्थल–काठमाडौं

करियर सुरुवात– फेरी भेटौंला (१९८९)

मातापिता– प्रकास कोइराला र सुष्मा कोइराला

नातिनी– विश्वेश्वरप्रसाद कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment