Comments Add Comment

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठ नियुक्त

३२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठ नियुक्त गरेका छन् ।

प्रदेश स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको प्रमुख रहेका श्रेष्ठलाई आइतबार काज सरुवा गर्दै मन्त्रालय तानेका राज्यमन्त्री श्रेष्ठले सोमबार उनलाई प्राविधिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

यसअघि समायोजनमा प्रदेश स्वास्थ्य तालिम केन्द्रमा परेका श्रेष्ठ स्वास्थ्य शिक्षा समूहका ११औं तहका कर्मचारी हुन् । उनी जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment