Comments Add Comment

डरलाग्दो सपना : डिप्रेसन वा तनावले पो हो कि ?

कहिले काहीँ राम्ररी निद्रा पर्दैन । यसलाई त्यती ठूलो समस्या मानिदैन । बेलाबखत निद्रा नपर्नु सामान्य हो । तर, पटक पटक यस्तै अवस्था कायम रह्यो भने हाम्रो शारीरिक अवस्था कमजोर हुँदै जान्छ । किनभने निद्रा आफैमा औषधि समान हो । शरीरका लागि पोषणयुक्त खाना, शुद्ध पानी, शुद्ध हावा जस्तै निद्रा पनि अपरिहार्य मानिन्छ ।

जब हामी राम्ररी निद्रा लिन्छौं, गहिरो निद्रामा पुग्छौं, धेरै स्वस्थ अनुभव गर्छौं । गहिरो निद्रा लिइसकेपछि हाम्रो शरीर चंगा हुन्छ ।

तर, सधै यस्तो अवस्था नहुन सक्छ । खासगरी राती निदाइसकेपछि छटपटी हुने, डरलाग्दो सपना देख्ने र ब्युँझने गर्छौं । डरलाग्दो सपना देखेपछि हाम्रो मन यसै आत्तिन्छ । हामी भित्र भित्रै डराउँछौं । यसरी तनावग्रस्त भएपछि निद्रा विथोलिन्छ ।

आखिर किन यस्तो हुन्छ ? किन हामी डरलाग्दो सपना देख्छौं ?

तपाईं सुतिरहेको बेला जब डरलाग्दो सपना देख्नुहुन्छ त्यसको कारण तनाव वा डिप्रेसन त होइन ? शंसय गर्ने ठाउँ रहन्छ ।

एक अध्ययनले भन्छ, ‘डरलाग्दो सपना देख्नुको पछाडि तपाईंमा डिप्रेसन हावी भइरहेको छ ।’

फिनल्यान्ड विश्वविद्यालय र फिनिश नेशनल इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका शोधकर्ताले एकसाथ मिलेर २००७ र २०१२ मा गरेको दुई क्रस सेक्सनल सर्वेक्षणमा विश्लेषण गरिएको थियो । यस सर्वेक्षणमा भाग लिने व्यक्ति २५ बर्षदेखि ७४ बर्ष उमेर समूहका थिए ।

शोधकर्ताले पाए कि ३ दशमलव ९ प्रतिशत व्यक्तिले पछिल्लो तीस दिन यता लगभग हरेक रात खराब सपना देखिरहेका थिए । त्यसमा ४ दशलमव ८ प्रतिशत महिला र २ दशमलव ९ प्रतिशत पुरुष सामेल थिए । यसमा पाइयो कि २८ दशमलव १ प्रतिशत व्यक्तिले डिप्रेसनको कारण यस्ता सपना देखिरहेका छन् । साथै १७ दशमलव १ प्रतिशत व्यक्तिले कम निद्राको कारण डरलाग्दो सपना देखेको पाइयो ।

शोधकर्ताले पाए कि यस किसिमको डरलाग्दो सपना देख्नुको पछाडि अनिद्रा, थकान, डिप्रेसन र आफैमाथि नकारात्मक रवैया राख्नु हो ।

अतः उनीहरुको सुझाव थियो, ‘यदि चैनको निद्रा सुत्ने हो भने तनाव वा डिप्रेसनबाट मुक्त हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment