+

भारतीय कप्तान क्षेत्री भन्छन् : नेपालविरुद्ध खेल्न सधैं कठिन हुुन्छ

२०७८ भदौ  १६ गते १२:२३ २०७८ भदौ १६ गते १२:२३
भारतीय कप्तान क्षेत्री भन्छन् : नेपालविरुद्ध खेल्न सधैं कठिन हुुन्छ

१६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैं कठिन हुने बताएका छन् ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अघि आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले आफूले खेलेका धेरै खेलाडी नेपालको टिममा नरहेको बताए ।

तर नेपालको टिमबाट को खेल्दैछ भन्नेले धेरै अर्थ नराख्ने भन्दै उनले भने, ‘नेपालसँग खेल्नु सधैं कठिन छ ।’ त्यसमाथि नेपालले बाहिर खेल्नु र घरेलु मैदानमा खेल्नुमा निकै फरक हुने भएकाले भोलिको खेल कठिन हुने बताए ।

भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले पनि नेपालले पछिल्लो समय राम्रो फुटबल खेलिरहेको र डिफेन्समा सुधार आएको प्रतिक्रिया दिएका छन् ।

सुनिल क्षेत्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय