+
+

पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १३:०४
प्रतीकात्मक तस्वीर

१७ भदौ, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरिया नगरपालिका–१ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ १० गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार राति पौने २ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

‘बिरामीको फोक्सो ९० प्रतिशत जति खराब भइसकेको थियो, रगतमा पनि संक्रमणको लक्षण देखिएको थियो,’ उनले भने, ‘स्वास्थ्य अवस्थामा सुधार नै हुन सकेन, बिहान मृत्यु भयो ।’

नारायणी अस्पतालमा असार २३ गते यता कोही पनि संक्रमितको मृत्यु भएको थिएन । पर्सामा हाल १२ जना मात्रै सक्रिय संक्रमित छन् ।

पछिल्ला दिनमा काठमाडौं, भरतपुर लगायत देशकै बढी संक्रमण भेटिएका शहरबाट आउनेका कारण वीरगञ्जमा जोखिम बढेको छ । नारायणी अस्पतालमा साउन ३१ गतेपछि संक्रमितको संख्या शून्य भएको थियो । हाल अस्पतालमा २ जना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?