+
+

रोनाल्डोले २००५ मै भनेका थिए : म संसारकै उत्कृष्ट खेलाडी बन्न चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १४:४३

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ११० औं अन्तर्राष्ट्रिय गोल गरेका छन् । यससँगै उनी आफ्नो मुलुकको लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । यद्यपि उनको पोर्चुगलको टोलीको यात्रा भने अझै सकिएको छैन ।

सन् २००५ मा फर्किँदा, अबको १६ वर्षपछि रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् भनेर सायदै कसैले सोचेका थिए ।

तर रोनाल्डोले सोचेका थिए । र आफ्नो सोच पुरा गरेर देखाएका छन् । २००५ मा रोनाल्डो २० वर्षका थिए र उनले म्यानचेस्टर युनाइटेडका लागि दुई सिजन खेलिसकेका थिए । उनले पहिलो सिजनमै क्लबका लागि उपाधि जिताउन सक्ने खेल प्रदर्शन गरेका थिए ।

खेलको क्रममा गोलीगाँठोमा चोट लागेपछि रोनाल्डोले अमेरिकामा उपचार गराइरहेका थिए । सोही क्रममा उनले लिभरपुल र एभर्टनबाट खेलिसकेका राइट–ब्याक अबेल जाभियरलाई भेटे । पोर्चुगलको अन्तर्राष्ट्रिय फुटबल टोलीका सदस्य रहिसकेका जाभियरसँग उनले आफ्नो इच्छा सुनाए, म विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी बन्न चाहन्छु ।’

जाभियर भन्छन्, ‘उनी चोटसँग जुधिरहेका थिए । त्यस्तो बेला जुन मनोबल देखाए, त्यो अद्भूत थियो । चोट लागेपछि धेरै खेलाडीको आत्मविश्वास कमजोर हुन्छ, तर उनी विश्वको सबभन्दा उत्कृष्ट खेलाडी बन्छु भन्ने अठोडमा दृढ थिए’, जाभियर सम्झिन्छन् ।

त्यतिबेला रोनाल्डो गलत थिएन । किनकी विश्वको उत्कृष्ट खेलाडी बन्ने इच्छा २००५ अघि नै पलाएको थियो ।

रोनाल्डो किशोरावस्थामा स्पोर्टिङ एफसीमा आवद्ध हुँदा उनको शरीर सानो थियो । त्यही कारण साथीहरुले उनको नाम ‘नूडल्स’ राखिदिए । रोनाल्डोलाई भने यो नाम मन पर्दैनथ्यो । त्यसैले उनले आफ्नो तौल र मांसपेशी बढाउने अभ्यास गर्न थाले ।

सन् २००३ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध हुँदा पनि उनले त्यस्तै किसिमको सोच थियो ।

युनाइटेडका पूर्वप्रशिक्षक मिक क्लेजसँग निकट रहेर काम गरेका रोनाल्डोले विश्वकै उत्कृष्ट खेलाडी बन्न सहयोग मागेका थिए । उनले लगातार कडा महेनत गरे, र खेल सुधार गरिरहे ।

‘एकदिन म मड्रिडमा च्याम्पियन्स लिग हेरिरहेको थिएँ । सायद त्यो खेल रियल मड्रिड र बार्यन म्युनिखबीच थियो,’ पोर्चुगलका पूर्व खेलाडी कोटिन्हा सम्झिन्छन्, ‘उनीहरुले लगातार गोलका लागि प्रहार गरिरहेका थिएँ र २० ओटा प्रहारमध्ये एउटा प्रहारमात्र फ्रेममा परेन ।’

उनले अघि भने, ‘अधिकांश अन्य खेलाडी २० मध्ये ६ देखि १० प्रहारमा चुक्ने गर्छन् । तर, जब उनले एउटा प्रहारमा चुके, सबैले उनको मजाक उडाउन थाले र उनी निकै दुःखी बने । मलाई भने उनले २० ओटामा एउटा मात्र प्रहारमा चुकेका हुन् भन्ने लाग्यो ।’

विश्वकै उत्कृष्ट खेलाडी बन्छु भन्ने भोकले उनलाई सधैं राम्रो खेल प्रस्तुत गर्न सहयोग गरिरहेको थियो । ‘उनको मनोबल र उनको पेशाले नै उनलाई अरु सबभन्दा भिन्न बनाएको छ’, रोनाल्डोसँगै फुटबल खेलेका पोर्चुगलका पूर्व खेलाडी नुनो गोमेज भन्छन् ।

विश्वकै उत्कृष्ट खेलाडी बन्छु भन्ने भोकले उनलाई सधैं राम्रो खेल प्रस्तुत गर्न सहयोग गरिरहेको थियो । ‘उनको मनोबल र उनको पेशाले नै उनलाई अरु सबभन्दा भिन्न बनाएको छ’, रोनाल्डोसँगै फुटबल खेलेका पोर्चुगलका पूर्व खेलाडी नुनो गोमेज भन्छन् ।

जाभियर भन्छन्, ‘उनलाई राम्रो फुटबल खेल्न राम्रो क्लब तथा टोलीका साथै राम्रो प्रशिक्षक र वातावरणले पनि सहयोग गरेको थियो । सवभन्दा महत्वपूर्ण चाहिँ उनले मनोबल नै हो ।’

‘क्रिस्टियानोको खेल हेर्दा र उनले व्यवहार हेर्दा मलाई उनी किन राम्रा खेलाडी हुन् भन्ने महसुस भयो । उनलाई किन सबैले उत्कृष्ट खेलाडी भन्छन् भन्ने महसुस भयो र मैले सबैभन्दा पहिला आफैंलाई सुधार्नु पर्छ भन्ने सोचें । त्यो उमेरमा म पनि राम्रो खेलाडी थिएँ तर म त्यो स्तरको खेलाडी भने थिइनँ’, पोर्चुगलका अर्का खेलाडी नानी भन्छन् ।

उनकाअनुसार रोनाल्डो सानैदेखि अन्य खेलाडीभन्दा फरक थिए । उनी सधैं आफ्नो खेल सुधार्न र नयाँ केही सिक्न चाहन्थे । उनी सबभन्दा पहिला टोलीको अभ्यासमा पुग्ने र आफूभन्दा पुराना साथीहरुसँग कुरा गर्न र उनीहरुबाट सिक्न रुचाउँथे ।

त्यही मेहनतका कारण रोनाल्डोले फुटबलमा एकपछि अर्को कीर्तिमान पनि बनाएका छन् । उनले इंगल्याण्ड, स्पेन र इटालीमा क्लबका लागि धेरै उपाधि जिताइसकेका छन् । त्यस्तै उनले व्यक्तिगततर्फ पनि पाँच पटक बालन डे’ओरको उपाधि जितिसकेका छन् ।

च्याम्पियसिप लिगको इतिहासमा सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । अहिले सबैभन्दा महत्वपूर्ण उनले पोर्चुगलको इतिहासकै उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । उनले पोर्चुगलको तर्फबाट सबभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान राखेका छन् । यस्तोमा अब उनले यो कीर्तिमान कतिसम्म अघि बढाउँछन् भन्ने हेर्न बाँकी छ ।

‘तपाईँले उनको शरीर हेर्नुहुन्छ भने उनको उमेरसँग मेल खाँदैन’, जाभियर भन्छन्, ‘उनको प्रदर्शन हेर्नुहुन्छ भने उनी अझै पनि युवा र भर्खरै आएको खेलाडीजस्तो देखिन्छन् ।’

गोल डटकमबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?