+
+

एकल बच्चा : एक्लोपना र असामाजिकताको शिकार बन्ने जोखिम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १७:१५

७ वर्षीय आर्यन घरमा एक्ला बच्चा हुन् । उनी सुन्न सक्दैनन् । उनको हरेक आवश्यकता र हरेक जिद्दी पूरा गर्नका लागि आमाबुबाबीच प्रतिस्पर्धा छ । अहिले उनको बानी भएको छ कि सबै कुरा उनको इच्छा अनुसार हुनुपर्छ । स्थिति यस्तो भएको छ कि यो उमेरमा पनि घरको एक्लो छोरा आमा बुबाको इच्छा अनुसार चल्दैन । बरु आमा बुबाले उसको इच्छा अनुसार काम गर्न थालेका छन् ।

यो एक दृष्टान्त मात्रै हो । तर यस्तै खालका कथा जोकोहीको परिवारमा हिजोआज देख्न सकिन्छ ।

अहिलेको सामाजिक वातावरण र बदलिदो पारिवारिक सम्बन्धका कारण हिजोआज बच्चाहरुको माग पूरा गर्नको लागि बाबुआमाको होडबाजी चल्ने गर्छ । पहिले जस्तो संयुक्त परिवार नभएर एकल परिवारका कारण पनि बच्चाहरुले धेरै महत्व पाउने गरेका छन् ।

समाप्त हुँदैछन् सम्बन्धहरु

एउटा बच्चा जस्तो प्रवृत्तिले हाम्रो सम्पूर्ण पारिवारिक संस्थामा प्रश्न चिह्न खडा गरेको छ । यदि एउटा परिवारमा एक मात्र छोरा वा छोरी छ भने उसको भावी पुस्ता सदाको लागि काका, काकी, मामा जस्ता सम्बन्धविहीन बन्न पुग्छ । समाजशास्त्रीहरु पनि विश्वास गर्छन् कि अहिलेको सामाजिक व्यवस्था अनुसार एकल परिवारको कारणले निकट भविष्यमा नै धेरै सम्बन्धहरु समाप्त हुँदैछन् । बालबालिकालाई सभ्य नागरिक बनाउन परिवारको ठूलो भूमिका हुन्छ । बच्चाहरु संयुक्त परिवारमा ३ पुस्ताको सदस्यका बीच जीवनको सामाजिक र नैतिक पक्षसँग राम्ररी परिचित छन् ।

एउटै उमेरका दाजुभाइ र दिदीबहिनीहरुको अनुपस्थितिले घरमा खुशी बाँड्न र  बच्चाहरुको दिमागमा समेत चोट पुग्छ । यति मात्र होइन, एकल बच्चाको सोचले पनि हाम्रो समाजमा निकट भविष्यमा नै धेरै नाताहरु समाप्त हुने संकेत गर्छ ।

कुराकानी आदानप्रदानको बानी नहुनु

हिजोआजको शहरी भेगका बच्चाहरुमा एक्लोपनाको व्यवहार धेरै देखिन्छ । यो उनीहरुको परिवारको कारणले पनि हुने गर्छ । सामान्यतया यस्तो परिवारमा आमाबुबा दुवै काममा जान्छन् । बच्चाहरु आफ्नो अधिकांश समय एक्लै बिताउन बाध्य हुन्छन् । यस्तो वातावरणमा हुर्केका बच्चाहरुमा समायोजन र साझेदारीको सोच कम आउने गर्छ । साना साना कुरामा उनीहरु एकोहोरो हुन सक्छन् । उनीहरु यति एकोहोरो हुन्छन् कि उनीहरुमा बाँडेर खाने, बाँडेर खेल्ने जस्ता सोचको विकास नै हुँदैन । जसले उनीहरुलाई जिद्दी बनाउँछ ।

एउटा मात्रै बच्चा हुँदा बाबुआमाबाट उनीहरुले धेरै महत्व पाउँछन् । कामकाजी अभिभावक भएकाले बच्चालाई समय दिन सक्दैनन्। उसको हरेक आवश्यक पूरा गर्छन् र उनीहरुले गरेको अपराधलाई समेत ढाकछोप गर्ने गर्छन् ।  बच्चाहरुले यस्तो व्यवहार धेरै राम्रोसँग बुझ्छन्, जसको कारण उनीहरु पनि भावनात्मक रूपमा एक सानै उमेरदेखि आफ्ना बाबुआमासँग जिद्दी गरेर माग पूरा गराउन चाहन्छन् ।

ग्याजेट्सको लत

मोबाइल लगायतका ग्याजेट्सहरु समयको आवश्यकता हो । यसबाट हामी पछाडि फर्किन सक्दैनौं । धेरै अभिभावकहरुले आफ्ना बच्चालाई ग्याजेट्सको लतबाट मुक्त गराउनको लागि धेरै हदसम्म कोसिस गरिरहेका हुन्छन् भने उनीहरुलाई त्यसमा अपडेट गराउन पनि सक्दो कोसिस गरिरहेका हुन्छन् ।

काममा व्यस्त हुने आमाबुबाको लागि बच्चाहरुलाई यी ग्याजेटमा अभ्यस्त गराउनुलाई उचित मान्छन् । तर यो लतले पनि धेरैमा समस्या सिर्जना गराउँछ । एक अन्तर्राष्ट्रिय बाल वकालत संगठनको रिपोर्टले इन्टरनेटमा धेरै समय बिताउने बच्चाहरुमा सामाजिकीकरणको स्वभाव समाप्त हुने देखाएको थियो । नतिजाको रूपमा तिनीहरूको शारीरिक र मानसिक संज्ञानात्मक विकास प्रतिकूल रूपमा प्रभावित हुन्छ । यति मात्र होइन मनोचिकित्सकहरुले इन्टरनेटको लतलाई मनोवैज्ञानिक रोग भनेका छन् ।

अरु पनि छन् समस्याहरु

एकमात्र बच्चा भएको घरको मान्छेको व्यवहार र कार्यशैली उनीहरुको बच्चाभन्दा विल्कुल फरक हुन्छ । काममा व्यस्त अभिभावकहरुले समय दिन नसकेका कारण यस्ता बच्चाहरु उपेक्षित र कुण्ठित महसुस गर्छन् । कम उमेरमा नै सबै सुख सुविधाहरु पाएका कारण उनीहरु जीवनको वास्तविकता र जिम्मेवारी ठीकसँग बुझ्न सक्दैनन् । यस्तो अवस्थामा बच्चाहरु आत्मकेन्द्रीत हुन पुग्छन् । यस्ता बच्चाहरुले आफ्नो कुरा अरुलाई सुनाउन सक्दैनन् । उनीहरुमा आफ्नो भावना सुनाउने बानी पनि हुँदैन । जसले उनीहरुलाई सामाजिक बनाउन समस्या सिर्जना गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment