+
+

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते ९:४२

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ ।

समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल गरे ।

यस समूहमा इंग्ल्याण्ड ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा अल्बानियालाई ४-१ ले पराजित गरेको पोल्याण्ड ७ अंकसहित दोस्रो स्थानमा छ ।

समूह ‘ई’ मा बेल्जियमले इस्टोनियालाई सहजै ५-२ ले हरायो । माटिएस काएटले पहिले गोल गर्दै इस्टोनियालाई अग्रता दिलाए पनि त्यसपछि बेल्जियमका लागि रोमेलु लुकाकु २ तथा हान्स भानाकेन, एक्सल विटसल र थोमस पोकेटले एक/एक गोल गरे ।

इस्टोनियाका एरिक सोर्गाले अन्तिममा अर्को गोल गरे । अपराजित बेल्जियम ४ खेलबाट १० अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यस्तै समूह ‘जे’ मा जर्मनीले लिचेस्टाइनलाई २-० ले हरायो । जर्मनीका लागि टिमो वेर्नर र लरेय सानेले गोल गरे । ४ खेलबाट ९ अंकसहित जर्मनी दोस्रो स्थानमा छ । अर्मेनिया नर्थ मेसोडेनियासँग गोलरहित बराबरी खेलेपनि ४ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?