
प्रतीकात्मक तस्वीर
१८ भदौं, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलाले बगाएको ट्रक फेला परेको ५ । ट्रकमा सवार २ जना बेपत्ता छन् । शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको बाढीले बगाएको थियो ।
खोलाले बगाएको ट्रक र त्यसमा रहेकाहरुको खोजी गरेको प्रहरीले शुक्रबार दिउँसो ट्रक फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए । ट्रक बागाएको ठाउँ नजिकै खाल्डोमा फेला परे पनि बेपत्ता दुई जनाको भने एक्साभेटरको प्रयोग गरेर खोजी भइरहेको उनले बताए ।
ट्रक चालक हेटौंडाका ४० वर्षीय बद्री कार्की र अर्का एक जना ठेगाना नखुलेका ४२ वर्षीय गणेश थापामगर बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4