+
+

सरकारले ल्यायो ‘पढ्दै कमाउँदै कार्यक्रम’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १७:२३
प्रतीकात्मक तस्वीर

२५ भदौ, काठमाडौं । सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख छ । शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ ।

गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी संख्या समेतका आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्सांकन तयार गरी कार्यान्वयन गरिने बजेट अध्यादेशमा उल्लेख छ ।

भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यानवयन गर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?