
३१ भदौ, काठमाडौं । स्टेभेन हालर एक्लैले चार गोल गरेपछि अयाक्सले यूईएफए च्याम्पियन्स लिगमा शानदार जित हात पारेको छ । हालर ह्याट्रिक प्रेरित डच क्लब अयाक्सले समूह सी को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५-१ ले पराजित गरेको हो ।
हालरले खेलको दोस्रो, नवौं, ५१औं र ६३औं मिनेटमा गोल गरे । यस्तै स्टेभेन बर्गुयसले ३९औं मिनेटमा एक गोल गरे ।
स्पोर्टिङका लागि पाउलिन्होले ३३औं मिनेटमा एक गोल गरे ।
समूह सी कै अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले टर्किस क्लब बेसिकटासलाई २-१ ले पराजित गरेको छ ।
डर्टमण्डका लागि जुडे बेलिङहमले २०औं र हर्लिन हालान्डले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । बेसिकटासका लागि फ्रान्सिस्को मोन्टेरोले खेलको इन्जुरी टाइममा सान्त्वना गोल फर्का।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4