१२ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत मंगलबारका लागि तय भएको काठमाडौं किङ्स ११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।
दुई दिनदेखि भइरहेको वर्षाका कारण मैदान भिजेकाले खेल प्रभावित बनेको हो । शुरुमा भिजेको मैदान राम्रोसँग सुक्न नपाउँदै थप वर्षा भएपछि लगातार तेस्रो दिनको खेल स्थगित भएको हो ।
काठमाडौंको लगातार दोस्रो खेल टस नभई स्थगित भएको हो । पोखराको पनि लगातार दोस्रो खेल स्थगित भएको छ ।
सोमबार काठमाडौं र विराटनगरबीचको खेल पनि मैदान भिजेकाले रद्द भएको थियो । यस्तै सोमबारै भैरहवा र चितवन टाइगर्सबीचको खेल पनि रद्द भएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार एक खेल मात्र रहेको थियो ।
वर्षाले लगातार खेल रद्द हुँदा आयोजकले खेल तालिका परिमार्जन गर्दै रद्द भएका खेलहरु पुनः खेलाउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4