+
+

पशुपतिका साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १५:४२

१५ असोज, काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा बस्ने एक साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरेको महानगरीय परिसर काठमाडौंले जनाएको छ । उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

उनीमाथि असोज ११ गते बिहान पशुपतिस्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा बस्ने सन्तोष भन्ने साधुलाई खुकुरी प्रहार गरेर फरार भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?