+
+

‘सानो पाइला’ले एक लाख मास्क वितरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १६:५७

१४ असोज, वीरगञ्ज । ‘नेपाल मास्क अभियान’का लागि सानो पाइला नामक गैरसरकारी संस्थाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको छ । मास्क प्रयोग बढाउन सरकारले शुरु गरेको ‘नेपाल मास्क अभियान’मा ऐक्यबद्धता जनाउँदै सानो पाइलाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाका संस्थापक कञ्चन झाले भने, ‘आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न जनचेतना महत्वपूर्ण हुन्छ । मास्क लगाउन प्रेरित गर्न निःशुल्क मास्क वितरण गर्छौं ।’

शुक्रबार वीरगञ्जमा आयोजित कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले कोरोना संक्रमण घटेसँगै सर्वसाधारणले मास्क लगाउन बिर्सिसकेको बताए । ‘जिल्लामा कोरोना संक्रमणको दर कम छ, सर्वसाधारणले अब मास्क लगाउन लगभग छाडिसकेको स्थिति छ,’ उनले भने, ‘मास्क नलगाउँदाको जोखिमबारे खबरदारी गराउँदै सचेतना फैलाउनुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफ्नो र अरुको सुरक्षाका लागि मास्क अनिवार्य लगाउनुपर्ने बताए ।

कोरोना मात्र नभई अन्य रोगको संक्रमणबाट जोगाउन र फैलिनबाट रोक्न मास्कको नियमित प्रयोग आवश्यक रहेको चिकित्सकहरुले बताउँदै आएका छन् । संक्रमण भइहाले मास्कको प्रयोगले अन्य व्यक्तिहरुमा सर्ने सम्भावना न्यून हुने उनीहरुको भनाइ छ ।

अभियानअन्तर्गत शुक्रबार घण्टाघरमा मोटरसाइकल चालक, अन्य सवारी चालक, पैदलयात्री लगायत एक हजार जनालाई मास्क वितरण गरिएको संस्थाकी स्विटी चौरसियाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?