
१५ असोज, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । मुलुकलाई सुशासनको बाटोमा अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको उनले बताए ।
शुक्रबार काठमाडौंमा नेपाल उद्योग परिसंघको ‘इन्डष्ट्री स्टाटस रिपोर्ट’ सार्वजनिक कार्यक्रममा पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराए । ‘तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन हो । हुकुमी शासनमा मात्रै तथ्यांकहरुको जरुरी पर्दैन । तथ्यांकमा आधारित भएर काम गर्नु भनेको राम्रो हो । म तथ्यांक विभागलाई पनि बल गरेर तथ्यांकको काम गर्न आग्रह गर्दछु,’ उनले भने ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष सतीश मोरले उद्योग व्यवसाय सञ्चालनका लागि विद्युतमा लगाइएको महसुल दर घटाउन सरकारसँग माग गरे । उनले विद्युत महसुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापार समेत बढेर जाने बताए ।
प्रतिक्रिया 4