+
+
Shares

एकैदिन वैदेशिक रोजगारी ठगी मुद्दामा ७ पक्राउ, २६ नयाँ जाहेरी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १४:११

९ असार, काठमाडौं । वैदेशिक रोजगारी ठगी सम्बन्धी कसुरमा ७ जना पक्राउ परेका छन् । प्रहरीले वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा सोमबार एकैदिन ७ जनालाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको हो ।

वैदेशिक रोजगार ठगीसँग सम्बन्धित मुद्दाका आधारमा विभागको पत्राचारपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर बुझाएको हो ।  विभागको मुद्दा तथा अनुसन्धान शाखामा सोमबार मात्रै २६ वटा नयाँ जाहेरी दर्ता भएका छन् । सोही अवधिमा शाखाले २५ वटा पक्राउ पूर्जी जारी गरेको छ भने २६ वटा पक्राउ अनुमति दिइएको छ ।

३ वटा मुद्दामा मिलापत्र गरिएको, पक्राउ अनुमति, बैंकलाई लेखिएका पत्र र अभियोग पत्र लगायत गरी कुल ७९ वटा पत्रहरू चलानी भएको विभागले जनाएको छ ।

उद्धार तथा समन्वय शाखामा मात्रै ६ वटा नयाँ उजुरी दर्ता भएका छन् । शाखाले ६ जनाको उद्धार गरेको छ भने ४ वटा क्षतिपूर्तिका विषय टुंगो लगाएको छ । उद्धार र क्षतिपूर्ति दुवै जोडिएका ३ वटा उजुरीमा कार्य भएको छ भने जम्मा ८ वटा मुद्दा फर्स्याैट गरिएको छ । यसका साथै, द्विपक्षीय छलफल र फोन फलोअपका माध्यमबाट पनि पीडितका समस्या समाधान गर्ने प्रयास जारी राखिएको विभागले जनाएको छ ।

गुनासो व्यवस्थापन र कल सेन्टर सरकारी संयन्त्र ‘हेलो सरकार’ मार्फत प्राप्त ६९ वटा गुनासोमध्ये ३५ वटाको समाधान गरिएको छ भने बाँकी ३४ वटालाई सम्बन्धित शाखामा पठाइएको छ । त्यसैगरी, विभागको आफ्नै कल सेन्टरमा प्राप्त १७७ वटा गुनासोमध्ये १५८ वटाको तत्काल समाधान गरिएको र बाँकी १९ वटा गुनासोहरू हाल अध्ययनको प्रक्रियामा रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?