+
+

भन्सार छली गरी ल्याएको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १८:३९

१५ असोज, पर्सा ।  प्रहरीले भन्सार छली गरी ल्‍याएको खुद्रा सामानहरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट मकवानपुरतर्फ लाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डकचोक चेकजाँच गर्नेक्रममा ०३-००१ ख.०३३० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको हो ।

ट्रक चलाक भने फरार रहेका छन् भने उक्त ट्रकलाई मालसमानसहित नियन्त्रणमा लिइ ३० लाख बराबरको मुल्‍यांकन गरी आवश्‍यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?