+
+
Shares

कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १७:४७

१६ असोज, काठमाडौं । नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित गौचन १४औं महाधिवेशन अन्तर्गत जिल्ला सभापति निर्वाचित हुने पहिलो व्यक्ति हुन् ।

मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएकोमा शनिबार गौचन सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । होटल व्यवसायी समेत रहेका गौचन यसअघि दुईपटक मन्त्री भइसकेका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

२१ हिमाली जिल्लामा असोज १८ गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णयअनुसार अहिले अधिवेशन भइरहेको छ । रसुवा र डोल्पामा भने वडा अधिवेशन नै नभएका कारण तोकिएको समयमा अधिवेशन नहुने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?