+
+

एट्लेटिकोसँग बार्सिलोना पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते ८:१२

काठमाडौं । स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा साविक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० ले पराजित गरेको छ ।

एट्लेटिकोलाई जिताउन घरेलु मैदानमा थोमसले २३औं र बार्सिलोनाकै पूर्व खेलाडी लुइस सुआरेजले ४४औं मिनेटमा गोल गरे । दुवैले एक अर्कालाई गोलका लागि सहयोग समेत गरेका थिए ।

यस जितले एट्लेटिकोले शीर्ष स्थानमा रहेको छिमेकी रियल मड्रिडसँग अंक बराबरी गरेको छ । एट्लेटिको ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको हो ।
एक खेल कम खेलेको रियल शीर्ष स्थानमा छ ।

बार्सिलोनाले भने ला लिगामा यस सिजन पहिलो हार बेहोरेको छ । ७ खेल खेल्दा तीन जित र तीन बराबरी र एक हारबाट १२ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । रियल र एट्लेटिको भन्दा बार्सिलोना ५ अंकले पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?