+
+

लिभरपुल र सिटीले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते ७:२४

काठमाडौं । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले २-२ को बराबरी खेलेका छन् । रोमाञ्चक बराबरीपछि दुवैले अंक बाडेका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा चारै गोल भएको थियो ।

खेलमा दुई पटक लिभरपुलले अग्रता लिए पनि सिटीले पुनरागमन गरेको थियो ।

खेलको ५९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए पनि १० मिनेटपछि फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए ।

७६औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै पुन: लिभरपुललाई अग्रता दिलाए । तर ८१औं मिनेटमा केभिन डी ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे ।

बराबरीले लिभरपुलको शीर्ष स्थानमा उक्लने मौका गुमेको छ । लिभरपुल ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । १४ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?