+
+

लिपुलेक क्षेत्रमा जनगणना गर्न अनेरास्ववियूको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १७:१५

२० असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले लिपुलेक क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले बुधबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएकोमा आपत्ति जनाएका छन् ।

चुच्चे नक्सामा समेटिएको दार्चुलाका गाउँहरु कालापानी, लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक पठाउन अनेरास्ववियूले माग गरेको छ । कूटनैतिक वार्ता मार्फत भारतको बाटो भएर वा हवाई मार्गबाट भएपनि सुपरीवेक्षक खटाउनुपर्ने सुझाव समेत दिइएको छ ।

लिपुलेकसहितको क्षेत्र समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गरेपनि जनगणना गर्न सुपरीवेक्षक खटाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?