+
+

ईपीएलमा पाेखराले चितवनलाई दियो ११२ रनकाे लक्ष्य

कमलले लिए ४ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १४:०४

२३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे फाइनलमा पाेखरा राइनाेजले जितका लागि चितवन टाइगर्सलाई ११२ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे पाेखराले १७.५ ओभरमा सबै जिकेट गुमाएर १११ रनमा अलआउट भयाे ।

पाेखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचर्ड लेभीले २६ र कप्तान विनाेद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जाेडे । बाँकी खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।

पाेखराले ओपनिङ जाेडीमा परिवर्तन गर्दै रिचर्ड लेभसंग विपिन रावललाई खेलाएकाे थियाे । यी दुईले पाेखरालाई राम्राे सुरुवात दिलाउने संकेत गरेका थिए । तर पहिलाे विकेटका लागि ३७ रनकाे साझेदारी गरेपछि लेभी आउट भए ।

चाैथाे ओभरकाे तेस्राे बलमा रिचर्ड लेभी १५ बलमा ५ छक्का प्रहार गर्दै २६ रन बनाएर आउट भए । करिम जन्नतकाे बलमा दिलिप नाथले लेभीलाई क्याच गरे ।

ऋत गाैतम पाँचाै ओभरकाे पाँचाै बलमा २ रन बनाएर आउट भए । ऋतलाई कमल सिंह ऐरीले हासिम अन्सारीबाट क्याचआउट गराए ।

छैटौं ओभरकाे अन्तिम बलमा साेमपालले साहान अराचचिगेलाई शाहब आलमबाट क्याचआउट गराएपछि पाेखराले पावर प्लेमै ३ विकेट गुमाएर ४३ रन बनाएकाे थियाे ।

नवाैं ओभरकाे तेस्राे बलमा विपिन रावनल १७ रन बनाएर आउट भएपछि पाेखराले ५९ रनमा चाैथाे विकेट गुमायाे ।

सागर ढकालले शाहब आलमबाट विपिनलाई क्याचआउट गराए ।

त्यसपछि असेला गुनारत्ने र कप्तान विनाेद भण्डारीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर असेला २४ बल खेल्दै ३ चाैका र १ छक्का मद्दतमा ३४ रन बनाएर १४ औं ओभरमा आउट भए । असेलालाई सेकुगे प्रसन्नले दिलिप नाथबाट क्याचआउट गराए ।

१५ औं ओभरमा पाेखराले २ विकेट गुमायाे । चितवनका कमल सिंह ऐरीले एकै ओभरमा विवेक यादव र लाेकेश बमलाई आउट गरेपछि पाेखराले १५ ओभरमा १०१ रन बनाउँदा ७ विकेट गुमायाे । यस सिजन उत्कृष्ट खेलिरहेका विवेक ४ रन बनाएर आउट भए र लाकेशले खाता समेत खाेल्न सकेनन् ।

कप्तान विनाेद भण्डारीले एक छेउबाट ईनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्काे छेउबाट विकेट गुमाउँदा पाेखरा कम स्काेरमा राेकियाे ।

लगत्तै अर्काे ओभरमा विक्रम साेब पनि १ रन बनाएर आउट भए । उनलाई सेकसगे प्रसन्नले बाेल्ड गरे । त्यसपछि नन्दन यादव खाता नखाेली करिम जन्नतकाे बलमा एलबीडब्लु भए ।

अन्तिम विकेटकाे रुपमा कप्तान विनाेद २६ बल खेल्दै २२ रन बनाएर १८ औं ओभरमा आउट भए । चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए ।

यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २-२ विकेट लिए । कप्तान साेमपाल कामी र सागर ढकालले समान विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?