+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ट्यांकरको ठक्करबाट तीनजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते १३:१२

३० असोज, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भोलहीमा गए राति ट्यांकरको ठक्करबाट कारमा सवार तीनजनाको मृत्यु भएको छ ।

कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुईजनाको भने वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो।

मृतकमध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गए राति पौने ११ बजे ठक्कर दिएको थियो। दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?