
३० असोज, काठमाडौं। टीकाको भोलिपल्ट काठमाडौं उपत्यकामा सर्वसाधारणहरुको चहलपहल बढ्न थालेको छ ।
मान्यजनको हातबाट टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।
विजयादशमीको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आफन्तहरुबाट आशिर्वाद लिने चलन छ ।
असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4