+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बढ्दैछ विद्युतीय चुल्होको प्रयोग, पाँच वर्षमा आयात ५५ गुणाले बढ्यो

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ असोज ३१ गते १२:४६
फाइल तस्वीर

३१ असोज, काठमाडौं । विद्युत्को नियमित आपूर्ति सहज बनेपछि मुलुकभर विद्युतीय चुल्होको प्रयोग बढ्न थालेको छ । केही वर्षअघिसम्म केही हजारको संख्यामा आयात हुने विद्युतीय चुल्हो अहिले लाखको संख्यामा पुगेको भन्सार विभागले जनाएको छ ।

इन्डक्सन र इन्फ्रारेड गरी गरी दुई खाले विद्युतीय खाना पकाउने चुल्होको आयात बढेको विभागको भनाइ छ । पाँच वर्षअघि झण्डै २७ सयको संख्यामा आयात भएको यस्तो चुल्होको संख्या आर्थिक वर्ष २०७७-०७८ सम्म आइपुग्दा एक लाख ५२ हजारभन्दा धेरै छ । तथ्याङ्कअनुसार पाँच वर्षमा विद्युतीय चुल्होको आयात ५५ गुणाले बढेको छ ।

वर्षेनि बढ्दैछ विद्युतीय चुल्होको आयात

आर्थिक वर्ष ७३-७४ मा नेपालमा ९६ लाख ७ हजार रुपैयाँ बराबरको दुई हजार ७७४ थान विद्युतीय चुल्हो आयात भएको थियो । यसभन्दा अघिका वर्षहरूमा अत्यन्तै न्यून मात्रामा आयात हुने इन्डक्सन तथा इन्फारेड चुल्होको आयात त्यसपछिको एकाधबाहेकका वर्षहरूमा भने बढ्दै गएको भन्सार विभागको विवरणमा देखिन्छ ।

आब ७३-७४ को तुलनामा झण्डै दोब्बरले आव ७४-७५ मा विद्युतीय चुल्होको आयात बढेको देखिन्छ । उक्त आर्थिक वर्षमा १४ करोड ७८ लाख ८ हजार रुपैयाँ बराबरको ५ हजार ५९५ थान विद्युतीय चुल्हो आयात भएको थियो ।

आ.व. ७५-७६ मा खस्किएको विद्युतीय चुल्होको आयात ७६-७७ मा भने निकै बढेको थियो । आव ७५-७६ मा ५९७ थान आयात भएको यस्ता चुल्हो त्यसको पछिल्लो वर्ष दुई करोड ४८ लाख ९८ हजार रुपैयाँ बराबरको १० हजार ४३५ थान नेपाल भित्रिएको थियो ।

यस्तै आ.व. ७७÷७८ मा भने एक लाख ५२ हजार ५८८ थान विद्युतीय चुल्हो आयात भएको छ, जुन, अघिल्लो वर्षको तुलनामा १४ गुणाले बढी हो । चालु आर्थिक वर्षको दुई महिनामा ३ करोड रुपैयाँ बराबरको १३ हजार ३८ थान यस्तो चुल्हो आयात भएको देखिन्छ ।

ग्यास र विद्युतीय चुल्हो कुन सस्तो ?

शहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोगको असर ग्यासको बिक्रीमा देखिन थालेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । शहरमा ग्यास प्रयोगमा संकुचन आए पनि ग्रामीण क्षेत्रमा फैलिएको ग्यासको प्रयोग र खपतका कारण आयातमा भने कमी आएको छैन ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार देशभर दैनिक एक लाख सिलिण्डर ग्यासको खपत हुन्छ । ‘शहरको खपतमा आएको गिरावट ग्रामीण इलाकाले कभर गरेको छ,’ उनले भने ।

खर्चका हिसाबले पनि ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो देखिएको छ । एलपी ग्यास, विद्युतीय चुल्हो र मट्टितेलबाट खाना पकाउँदा लाग्ने खर्चबारे इन्जिननियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले माघ २०७६ मा अध्ययन गरेको थियो ।

अध्ययनले ग्यासको तुलनामा विद्युतीय ऊर्जा प्रयोग गरेर खाना पकाउँदा ६० प्रतिशत सस्तो हुने देखाएको छ । नेपालको कुनै पनि शहर तथा गाउँ घरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा ५ जनाको परिवारलाई एक महिनामा ९ सय ९० रुपैयाँ खर्च लाग्छ ।

यो खर्च ग्यास भन्दा ४ सय ८८ रुपैयाँ र मट्टितेलभन्दा २५० रुपैयाँले कम पर्न जाने अध्ययनले देखाएको थियो ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?