+
+

अविरल वर्षाले काटेको धान भिजाएपछि…

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ कात्तिक २ गते १८:४९

२ कात्तिक, गोरखा । केही दिनयताको अविरल वर्षाले गोरखामा धानबालीमा ठूलो क्षति भएको छ ।

गोरखाको बारपारसुलिकोट गाउँपालिका वडा-५ मा पाकेको धान काटेर भित्र्याउन ठिक्क परेको धान पानीले भिज्दा क्षति पुगेको   स्थानीय किसानहरुले बताएका छन् ।

काटेर थन्क्याउन बाँकी रहेको धान भिजेर नष्ट भएको उनीहरुले बताएका छन् ।

वर्षाको पानी तर्काउन किसानहरुले पानी परिरहेकै समयमा  खेतको आलीमा धान राख्न व्यस्त छन् । किसानहरुले वर्षाको पानी निकासीका लागि खेतका आली काटेर पानी तर्काउने काम गरेका छन् ।

लगातारको वर्षाले गोरखाका अधिकांश ठाउँमा धान बिगारेको उनीहरुको भनाइ छ ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?