+

टी-२० विश्वकप : ओमानलाई हराएपछि बंगलादेशको सुपर १२ पुग्ने सम्भावना कायमै

२०७८ कात्तिक  ३ गते ८:१७ २०७८ कात्तिक ३ गते ८:१७
टी-२० विश्वकप : ओमानलाई हराएपछि बंगलादेशको सुपर १२ पुग्ने सम्भावना कायमै

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा  बंगलादेशले पहिलो जित हात पारेको छ ।

ओमानको अल अमेरेत क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा पहिलो चरणको समूह बी को खेलमा ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले सुपर १२ पसग्ने आशा कायमै राखेको छ । बंगलादेश पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

बंगलादेशले दिएको १५४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । कश्यप प्रजापतिले २१ र कप्तान जिसन मक्सुदले १२ रन जोडे । मोहमद नादिम १४ रनमा अविजित रहे ।

बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमानले ४, शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।

बंगलादेशका लागि ओपनर मोहमद नाइमले ६४ रन बनाए । यस्तै  शकिब अल हसनले ४२ र कप्तान महमुदउल्लाहले १७ रन बनाए ।

ओमानका बिलाल खान र फायज बटले ३/३ विकेट लिए । कलिमउल्लाहले २ विकेट लिए ।

पहिलो जितपछ समूह बी मा बंगलादेशले २ खेलमा २ अंक जोडेको छ ।

उता पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको ओमानको यो पहिलो हार हो । ओमानको पनि दुई खेलमा दुई अंक छ ।

स्कटल्याण्ड लगातार दुई खेल जित्दै चार अंक जोडेर शीर्ष स्थानमा छ ।

ओमान टी-२० विश्वकप बंगलादेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय