+
+

सप्तरीमा डेढ सय घर डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १७:२२

३ कात्तिक, सप्तरी । अविरल वर्षाका कारण आएको बाढीले सप्तरीमा डेढ सय घर डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका, हनुमानगर कंकालिनी र राजविराज नगरपालिका क्षेत्र डुबानमा परेको हो । सो क्षेत्रमा रहेका नदी तथा खोलामा आएको बाढी वस्तीमा पसेको हो । तिलाठी कोइलाडी गाउँपालिका-५ स्थित बर्साइनमा जिता नदीको बाढीले बाँध भत्काउँदा ५० घरमा पानी पसेको छ ।

वर्षासँगै आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका-३ स्थित सकरपुरा टोल जाने मुख्य सडकको करीब १५ मिटर भाग बगाउँदा आवतजावतमा समस्या भएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए । उनका अनुसार करीब ५० घर डुबानमा समेत परेको छ । स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा पनि पानी पसेको छ ।

गाउँपालिकाकै वडा नं. ४ कोइलाडीस्थित भीमा नदीको बाढीले पुलको दक्षिणतर्फको विङ्ग वालमा क्षति पुगेको छ । सो वडाको चट्टी टोल, तेलियारीमा समेत जिता नदीको बाढी पसेको झाले बताए । बाढीको कारण यहाँ भएकाे झोलुङ्गे पुलबाट आवतजावत गर्न समस्या उत्पन्न भएको छ ।
वडा नम्बर ८ तोपास्थित उत्तरतिरको यादव र खंग टोलमा समेत पानी पसेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहास्थित महुली खोलाको बाढीले महुली पुलदेखि पूर्व करीब २० मिटर बाँध भत्काएर बाढी वस्तीमा पस्दा २५ घर डुबानमा परेकाे छ । सदरमुकाम राजविराज नगरपालिकाको विभिन्न वडाहरुमा समेत बाढी र बर्षाको पानीले डुबान गरेको छ ।

राजविराज नगरपालिकास्थित सरकारी वकील कार्यालय, जिल्ला अदालतसहितका कार्यालयहरुमा पानी पसेको छ भने सिरहा राेड, खर्साल टोलसहितका ठाउँमा बाढीकाे भेल बगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?