+
+

प्रधानन्यायाधीशको राजीनामा माग्नेबारे छलफल भएको छैन : अध्यक्ष श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते १५:५७

६ कात्तिक, कठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको बताएको छ । अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको बताए । अध्यक्ष श्रेष्ठले पूर्वन्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैंले सोच्नुपर्ने प्रतिक्रिया समेत दिए ।

‘उहाँहरुको हिजोका अनुभवको आधारमा समेत उहाँहरुले आफ्नो विचारहरु दिनुभएको छ । त्यो विचार अनुसार त्यसको अवलम्वन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ । उहाँले सोच्नुपर्ने हो’ उनले भने ।

अध्यक्ष श्रेष्ठले अघि भने, ‘हामी फरमल्ली त्यो अध्ययन गर्छौं । र त्यसको सम्बन्धमा बारको कुनै धारणा बनिसकेको छैन । राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौं ।’

अध्यक्ष श्रेष्ठले भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैंले भोग्नुपर्ने अवस्था आएको तर्क गरे । उनले न्यायालयको शुद्धिकरणका लागि आफूहरुले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आएपनि सुनुवाइ हुन नसकेको गुनासो गरे । अध्यक्ष श्रेष्ठले न्यायालयमा विचौलिया प्रवेशमा रोक लगाउन आफूहरुले सुझाव दिँदै आएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?