+
+

९४ तोला चाँदीसहित मोरङबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १२:०५

१० कात्तिक, मोरङ। मोरङ प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले बिल नभएको ९४ तोला चाँदी बरामद गरेको छ ।

बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाइने प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?