+
टी-२० विश्वकप :

नामिबियामाथि अफगानिस्तानको ६२ रनको जित

२०७८ कात्तिक  १४ गते १९:५७ २०७८ कात्तिक १४ गते १९:५७
नामिबियामाथि अफगानिस्तानको ६२ रनको जित

१५ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबारको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको छ । अबुधावीमा अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रन मात्र बनाउन सक्यो ।

नामिबियालाई सस्तैमा समेट्न अफगानिस्तानका नविन उलहक र हमिद हसनले समान ३ विकेट, गुलबदिन नाइबले २ र रसिद खानले १ विकेट लिए ।

नामिबियाका लागि डेभिड विसले २६, जान निकोल लफ्ट इटनले १४, माइकल भान लिंगेनले ११, जेरार्ड इरासमसले १२ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । उसका लागि मोहम्मद शाहाजादले ४५, हज्रातुल्लाह जाजाइले ३३, मोहम्मद नाबीले ३२ र असगर अफगानले ३१ रनको योगदान गरे ।

बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पेलमन र जान निकोल लफ्ट इटनले २÷२ तथा जेजे स्मिथले १ विकेट लिए ।

अफगानिस्तान नामिबिया विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय