+
+

छाउनीमा नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास शुरू

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १४:२५

१५ कात्तिक, काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेल २२’ शुरु भएको छ ।

काठमाडौको छाउनीस्थित रेञ्जर गणमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेल २२’ शुरु भएको हो ।

तालिममा नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट करीब ५० जना तथा अमेरिकी सेनाका करीब २० जना सम्मिलित छन् ।

काठमाडौं, पोखरा र अन्नपूर्ण वेस क्याम्प ईलाकामा मंसीर १४ गतेसम्‍म सञ्चालन हुने उक्त तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?