+
+

टिकटकका मालिक झाङले अध्यक्ष पदबाट दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १४:३६

१७ कात्तिक, काठमाडौं । चर्चित सामाजिक सञ्‍जाल टिकटकको माउ कम्पनी बाइटडान्सका सहसंस्थापक यिमिङ झाङले कम्पनीको अध्यक्षबाट राजीनामा दिएका छन् ।

कम्पनीको पुनर्संचरना हुने तयारी भइरहेका बेला झाङले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । बाडटडान्सका संस्थापक तथा चीनका एक सफल व्यवसायी झाङले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । समाचारअनुसार झाङ टिकटकको बोर्डबाट निस्किएका छन् ।

तर झाङको राजीनामालाई आश्चर्यको रुपमा भने हेरिएको छैन । किनभने उनले यसै वर्षको सुरुमा व्यवस्थापनबाट अलग हुने चाहनासहित सीईओ पद छोड्ने घोषणा गरेका थिए । त्यतिबेलादेखि नै जनशक्ति विभागका प्रमुख तथा बाइटडान्सका अर्का सहसंस्थापक रुबो लियाङलाई सीईओमा नियुक्त गरिएको थियो ।

झाङको स्थानमा हालका सीईओ लियाङलाई नियुक्त गरिएको विषयसँग जानकार स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

स्रोतका अनुसार झाङ कुनै न कुनै हैसियतमा कम्पनीका गतिविधिमा संलग्न हुनेछन् । र उनले दीर्घकालीन रणनीतिलाई बढी जोड दिने बताइएको छ । तर उनको नयाँ पदबारे समाचारमा कुनै विवरण खुलाइएको छैन ।

सीएनएनबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?