+
+

स्कटल्याण्ड आउट, न्युजिल्याण्डको सेमिफाइनल सम्भावना कायमै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते २०:४१

१७ कात्तिक, काठमाडौं । न्युजिल्याण्डसँग १६ रनको हारसँगै स्कटल्याण्ट टी–२० विश्वकपबाट बाहिरिएको छ । दोस्रो जित हात पारेको न्युजिल्याण्डको भने सेमिफाइनल सम्भावना कायमै छ ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले मार्टिल गप्टिलको उत्कृष्ट इनिङसँगै ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । ५३ रन जोड्दा ३ विकेट गुमाएको न्यूजिल्याण्डका लागि गप्टिल र ग्लेन फिलिप्ससँग १०५ रनको साझेदारी गरे ।

१९ औं ओभरमा आउट भएका गप्टिलले ५६ बल खेल्दै ६ चौका र ७ छक्का मद्दतमा ९३ रन बनाए । यस्तै फिलिप्सले ३३ रन जोडे । त्यसअघि डार्यल मिचेल १३, कप्तान केन विलियम्सन शून्य र विकेटकिपर डेभोन कनवे १ रन बनाएर आउट भएका थिए । जेम्स निसमले अविजित १० रन बनाए ।

१७३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ५ विकेट गुमाएर १५६ रन बनाउन सक्यो । उसका लागि छैटौं नम्बरमा ब्याटिङ गरेका माइकल लिस्कले २० बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४२ रन बनाए । म्याथ्यु क्रसले २७, जर्ज मुन्सेले २२ र रिची बेरिङटनले २० रन जोडे । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र इश सोधीले २–२ तथा टिम साउदीले १ विकेट लिए ।

स्कटल्याण्डका ब्राड ह्वील र साफ्यान सरिफले २–२ तथा मार्क वाटले १ विकेट लिएका थिए ।

जितपछि ३ खेलबाट ४ अंक जोडेर न्युजिल्याण्ड ग्रुप २ को तेस्रो स्थानमा छ । यो समूहबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । बाँकी एक स्थानका लागि न्युजिल्याण्डसँगै ४ अंक जोडेको अफगानिस्तान तथा २ अंक जोडेको नामिबिया र शून्य अंक रहेको भारत प्रतिस्पर्धामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?