१८ कात्तिक, काठमाडौं । टी–२० विश्वकपमा बंगलादेशलाई ७३ रनमा समेटेको अष्ट्रेलियाले ८ विकेटको जित हात पारेको छ । तेस्रो जितसँगै ४ खेलबाट ८ अंक जोडेको अष्ट्रेलियाले समूह १ को दोस्रो स्थानमा उक्लिएको छ ।
दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले १५ ओभरमा सबै विकेट गुमाएर ७३ रन मात्र बनाउन सक्यो ।
घातक बलिङ गरेका एडम जाम्पाले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट हात पारे । मिचेल स्टार्क र जोस ह्याजलउडको नाममा २–२ तथा ग्लेन म्याक्सवेलको नाममा १ विकेट रह्यो ।
७४ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि एरोन फिन्चले ४० रन जोड्दा डेभिड वार्नरले १८ रन जोडे । मिचेल स्टार्क १६ रनमा अविजित रहे ।
प्रतिक्रिया 4