+
+

चिनियाँ नेताको आलोचना गर्दै दलाई लामाले भने : भारतमै बस्न चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १५:०३

२४ कात्तिक, काठमाडौं। निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले चिनियाँ नेताहरूको आलोचना गरेका छन् ।

भारतमा निर्वासनमा रहेका दलाई लामाले बुधबार चिनियाँ नेताहरूले विविधतायुक्त संस्कृतिलाई नबुझ्ने भन्दै आलोचना गरेका हुन् । चीनमा मुख्य जातीय समूह हानको नियन्त्रण अत्यधिक रहेको पनि उनको भनाइ थियो ।

त्यस्तै, आफू भारतमै बस्न मन पराउने समेत दलाई लामाले बताएका छन् । अनलाइन पत्रकार सम्मेलनमा ताइवान जाने योजनाबारे सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले आफू भारतमै रहन चाहेको बताएका हुन् ।

चीन र ताइवानबीचको सम्बन्ध ‘निकै नाजुक’ भएका कारण भारतमै रहन चाहेको दलाई लामाको भनाइ थियो । यसबाहेक, चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने कुनै योजना नभएको पनि उनले बताएका छन् ।

साथै, अनलाइन पत्रकार सम्मेलनमा दलाई लामाले भारत सरकारप्रति आभार व्यक्त गरेका छन् । उनले आफू र आफ्ना अनुयायीलाई शरण दिएका कारण भारत सरकारप्रति आभार व्यक्त गरेका हुन् ।

तिब्बती बौद्ध परम्परामा सर्वोच्च व्यक्तित्व मानिने दलाई लामा ६ दशकदेखि भारतमा बस्दै आएका छन् । सन् १९५९ मा तिब्बतमा भएको विद्रोहपछि उनी र उनका समर्थक भागेर भारत आएका थिए ।

दलाई लामाले लामो समयदेखि तिब्बती संस्कृतिको संरक्षण र तिब्बतीहरूको धार्मिक अधिकारका लागि पैरवी गर्दै आएका छन् । उनले स्वतन्त्र तिब्बतका लागि चीनसँग कुटनीतिक वार्ता गर्नुपर्ने भनेर समेत जोड दिँदै आएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?