+

‘बार्सिलोनालाई पछाडि देख्दा रियल मड्रिड आश्चर्यमा छ’

२०७८ कात्तिक  २४ गते १७:३३ २०७८ कात्तिक २४ गते १७:३३
‘बार्सिलोनालाई पछाडि देख्दा रियल मड्रिड आश्चर्यमा छ’

२३ कात्तिक, काठमाडौं । रियल मड्रिडका डानी कार्भाजलले बार्सिलोना ला लिगाको उपाधि होडमा पछाडि परेको देखेर आश्चर्यचकित भएका बताएका छन् ।

यससिजन १२ खेल खेलिसक्दा बार्सिलोना रियलभन्दा १० अंकले पछि छ । रियल २७ अंकसहित दोस्रो स्थानमा छ भने बार्सिलोना १७ अंकसहित नवौं स्थानमा छ ।

स्पेनिस अनलाइन मार्कालाई दिएको अन्तर्वार्तामा २९ वर्षीय कार्भाजलले भनेका छन्, ‘कार्लो एन्सेलोटीले भनेजस्तै बार्सिलोना उपाधि होडमा धेरै पछि रहँदा हामी आश्चर्यमा छौं, तर कसैले पनि उनीहरुलाई कुनै उपाधिबाट बन्चित गर्न सक्दैन ।’

उनले बार्सिलोना उपाधि होडबाट बाहिरिएको मान्न नहुने बताए । ‘जब जिनेदिन जिदान क्लब आएका थिए, हामी बार्सिलोनाभन्दा १२ अंक पछि थियौँ र हामीले एक अंक मात्र पछि रहेर सकायौं, उनीहरुलाई अन्तिम खेलसम्म दबाव दिइरह्यौं ।’

कार्भाजल लामो समयपछि स्पेनको टिममा फर्किएका हुन् । चोटका कारण टिम बाहिर रहेको उनले घर बसेर खेल हेर्नु पर्दा दुःख लागेको सुनाए ।

तर अहिले राष्ट्रिय टिमको जर्सी लगाउन पाउँदा उत्साहित रहेको समेत उनले बताएका छन् ।

फुटबल बार्सिलोना रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय