+
+

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १८:२०

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ ।

तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत चयन भएका छन् ।

अरु जिल्लातिर पनि सर्वसहमत प्रतिनिधि चयनको प्रयास भइरहेको तामाङले बताए । १०–१२ मंसिरमा एमालेको १०औं महाधिवेशन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?