+
+

सत्यजितको नेतृत्वमा क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एशोसिएसन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १९:५३
सत्यजित सरकार

२७ कात्तिक, लुम्बिनी । सत्यजित सरकारको नेतृत्वमा क्रिकेट अम्पायर्स तथा स्कोरर्स एशोसिएसन अफ नेपालको कार्यसमिति चयन भएको छ ।

शनिबार बुटवलमा सम्पन्न एशोसिएसनको पहिलो अधिवेशनबाट ४४ मत ल्याएर सरकार अध्यक्षमा निर्वाचत भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी रूपन्देहीकै मोहम्मद सफिक (समिर खान) ले २२ मत प्राप्त गरेका थिए ।

क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एशोसिएसनको चार वर्षे कार्यकाल रहने छ । लक्ष्मणनाथ योगी ४३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेवलाल कर्णले २३ मत प्राप्त गरे । सचिवमा ३४ मत प्राप्त गरी मनोहर अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धी मेहबुब रेजा राइनले ३२ मत प्राप्त गरे ।

तीन पदमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत भएको थियो । कोषाध्यक्षमा हिमालराज गिरी निर्वाचित भए । सदस्यमा मांगीलाल शर्मा, नीरजकुमार सिंह, सुरजरत्न शाक्य, सञ्जयकान्त सिग्देल, मञ्जुल भट्टराई, महेश बोहरा चुनिएका छन् । महिला सदस्यमा सुनीता नेपाली चुनिइन् ।

क्रिकेट अम्पायर्स तथा स्कोरर्स एशोसिएसन अफ नेपाल यसअघि तदर्थ समितिमा रहेको थियो । बुद्धिबहादुर प्रधान तदर्थ समितिका अध्यक्ष थिए । दुईदिने साधारणसभा र अधिवेशनबाट सरकारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?