+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बालकको शंकास्पद मृत्यु, हत्या भएको परिवारको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १७:३२
मृतक बालक निश्चलका बाबु उपेन्द्र राय ।

२९ कात्तिक, विराटनगर । गत कात्तिक २२ गते दिउँसो बुढीगंगा गाउँपालिका–५ लिची बगैंचा टोलका १४ वर्षीय निश्चल रायको शव तीन दिनपछि एक किलोमिटर टाढा सिंघिया खोलामा भेटियो ।

बुबा उपेन्द्रका अनुसार खोलामा शव भेटिएपनि निश्चलको मृत्यु पानीमा डुबेर भएको जस्तो देखिदैन । घाँटी भाँचिएको, तिघ्रामा डोरीले बाँधेको डाम देखिएको, छातीमा जुत्ताको डामदेखिएको उनको भनाइ छ । ‘मेरो छोराको अपहरणपछि हत्या भएको हो,’ उनले भने, ‘छोरो हराएकै दिन प्रहरीलाई खबर गरेको थिएँ, प्रहरीले बेलैमा सक्रियता देखाएको भए मेरो छोरो बाँच्थ्यो होला ।’

उपेन्द्रले घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे । ‘मेरो छोराको हत्या भएको हो । तर, पौडी खेल्दा डुबेर मत्यु भएको पार्न खोजिदैछ’, माओवादी केन्द्रका नेतासमेत रहेका रायले भने, ‘घटनाको निश्पक्ष छानविन हुनुपर्छ ।’

उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर संगठनका नेता हुन् । उनले राजनीतिक प्रतिशोध र पारिवारिक रिसइवीका कारणले आफ्नो छोराको हत्या भएको हुनसक्ने बताए । प्रहरीले सूचना पाएपछि पनि खोजीमा चासो नदेखाएको उनले आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताउँदै उनले पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?