+
+
अपराध :

दुई आपराधिक समूहको झगडामा कैलालीका भूपेन्द्रको हत्या

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर १ गते २०:१४

३० कात्तिक, धनगढी । लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भूपेन्द्र बडुवालको २३ कात्तिकको राति भएका टीकापुरमा भएको हत्या गुण्डागर्दीमा संलग्न दुई समूहबीचको द्वन्द्वका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नवीन रावल र उनको प्रतिद्वन्द्वी जयन्द्र शाहको समूहबीच एक अर्काको बर्चश्व स्थापित गर्ने सन्दर्भमा भूपेन्द्रको हत्या भएको प्रहरीको हालसम्मको छानविनले देखाएको हो ।

मृतक भूपेन्द्रको परिवारले चिसापानीका नवीन रावलको समूहले हत्या गरेको भन्दै नवीनसहित १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दिएको छ ।

किटानी जाहेरी परेकामध्ये ९ जना पक्राउ परेका छन् भने नवीन रावलसहितका ७ जना फरार छन् । फरार हुनेमा रावलको विपक्षी समूहका जयेन्द्र शाहसहितका केही युवा पनि रहेका प्रहरी बताउँछ ।

पछिल्लो समय मृतक भूपेन्द्र भने नवीनको समूह छाडेर जयेन्द्रको समूहसँग नजिकिएका प्रहरीको भनाइ छ ।

कसरी भयो घटना ?

प्रहरीका अनुसार हत्या भएको दिन भूपेन्द्र लम्कीकै दीपेश न्यौपानेसँग थिए । दिउँसो दीपेश फुटबल खेल्न चिसापानी जाँदा भूपेन्द्र पनि गएका थिए र केहीबेर बसेर हिँडेका थिए ।

पछि भूूपेन्द्रले दीपेशलाई आफूूसँगै जिम गर्न बोलाए । त्यसपछि उनीहरु भूपेन्द्रकै मोटरसाइकलमा आस्था होटलसम्म खाजा खान गएको प्रहरीले जनाएको छ । त्यसपछि केहिबेर सम्पर्कविहीन भएका भूूपेन्द्रले पछि दीपेशलाई आफूूसँगै घरमा लिएर गए । साँझको खाना खाइसकेपछि उनीहरु फेरि पहिले बसेकै ठाउँ आस्था होटलमा पुुगे ।

आस्था होटलमा भूूपेन्द्रलाई साथी कपिल श्रेष्ठको फोन आयो । दीपेशले टीकापुरमा पत्रकारहरुसँग भनेका छन्, ‘आस्थामा पुुगिसकेपछि कपिल दाइको फोन आयो । फोनमा उहाँले मलाई पुुलिसले लखेटेको छ, बचाउन आइज भनेपछि दाइ (भूपेन्द्र) र म त्यहाँबाट निस्क्यौं ।’

मोटरसाइकलमा पेट्रोल नभएको बताएपछि कपिलले नै फोनबाट त्यसको व्यवस्थापन गरेको उनको भनाइ छ । कपिलले दिएको लोकेसनका आधारमा हिँडेका उनीहरुले कपिललाई भेट्न सकेनन् ।

आफूले भूपेन्द्रलाई नजान आग्रह गर्दा उनले त्यहाँ चिनेका मान्छे पनि भएकाले केही फरक नपर्ने विश्वास दिलाएको दीपेशले बताएका छन् । कपिलले पछि आफू शिव मन्दिर नजिकैको केराबारीमा रहेको बताए, तर त्यहाँ पुग्दा पनि उनी भेटिएनन् ।

त्यसपछि भूूपेन्द्रले कपिललाई सिद्धार्थ होटल अगाडि आउन आग्रह गरे । ‘हामी त्यहाँ पुुग्ने बेला अगाडिको केराबारीमा केटाहरु जम्मा भइसकेका थिए । उनीहरुले हाम्रो पिछा गरे । भूूपेन्द्र दाइको मामाघरमा पुुग्ने बेला हामीलाई उनीहरुले छोपिसकेका थिए । त्यही आक्रमण गरे’ दीपेशले भनेका छन् ।

कुनै समूहमा नलाग्दा निशानामा परे भूपेन्द्र

प्रहरीका अनुसार चिसापानीका नवीन रावल पहिलेदेखि नै लम्की, चिसापानी र टीकापुर क्षेत्रमा गुुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्न थिए र उनले आफ्नो समूह बनाएका थिए । भूूपेन्द्र बडुुवाल, जयेन्द्र शाह, कपिल श्रेष्ठलगायतका युवाहरु नवीनकै समूूहमा थिए । केही समय अगाडि टीकापुरमा भएको एक विवादमा नवीनले जयेन्द्रलाई हपार्दै झापड हानेपछि जयेन्द्रले छुुट्टै समूूह बनाए ।

नवीनले जयेन्द्रको समूूहमा जानेहरुलाई सकेसम्म रोक्ने रणनीति अपनाएका थिए । भूूपेन्द्रका बुुवा डम्बर बडुुवालका अनुसार नवीनले भूपेन्द्रलाई आफूूसँग लाग्न दबाब दिँदै आएका थिए । तर भूपेन्द्रले आफूू कुुनै पनि समूह नलाग्ने बताउने गरेका थिए ।

‘नवीनको समूूहमा लाग्ने युुवाहरुले अनिवार्य रुपमा ‘नन्दुु सरकार’ अंकित ट्याटु हान्नुुपर्ने नियम पनि रहेछ,’ डम्बरले भने, ‘भूूपेन्द्रलाई पनि आफ्नो नामको ट्याटु हानेर आफूूसँगै लाग्ने दबाब दिदै आएका रहेछन् । तर उसले गुुण्डागर्दी नगर्ने भनेपछि योजना बनाएर हत्या गरियो ।’

नवीनले आफ्नो समूहमा नलागेमा सुट गरिदिने धम्की यसअघि पनि छोरालाई दिँदै आएको बाबु डम्बर बताउँछन् । केही समय अघि नवीनको समूूहले खुुकुरी हानेर घाइते बनाएका लम्कीकै कमल शाहीको उपचारमा भूपेन्द्रले सहयोग गरेका कारण पनि उनी निशानामा परेको डम्बरको दाबी छ ।

‘लम्कीकै व्यापारी गोरखबहादुर शाहीको छोरा कमललाई रावलको समूहले केही समय अघि लम्की बजारमा खुुकुरी हानेर हत्या प्रयास गरेको थियो,’ उनले अनलाइनखबरसँग भने, ‘उपचारका क्रममा काठमाडौंमा छोराले रगतको व्यवस्था गरेर उसको ज्यान जोगाएको थियो । आफूूले मार्न खोजेका मान्छेलाई बचायो भनेर पनि भूूपेन्द्रको हत्या गरिएको हुुनसक्छ ।’

यो घटनामा भूूपेन्द्रको साथी कपिल (हाल प्रहरी नियन्त्रणमा) को दोहोरो भूूमिका हुन सक्ने परिवारको आशंका छ । प्रहरीले पक्राउ गरेकामध्ये कपिल श्रेष्ठ मात्र जयेन्द्र शाहको समूूहमा आवद्ध रहेको बुुझिएपनि अन्य ८ जना नवीन रावल समूहका भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भूपेन्द्रको हत्या हुुनुु अगाडि २३ गते राति नै टीकापुरबाट प्रहरीले ठूूलो परिमाणको घरेलुु हतियारसहित तीन जनालाई पक्राउ गरेको थियो । भूूपेन्द्र नजिक रहेको जयेन्द्र शाहकै समूूहका भनिएका उनीहरुलाई सोही राति हतियारसहित नयाँ टीकापुर क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश सापकोटा बताउँछन् ।

प्रहरीले पक्राउ परेका तीन जनाको नाम खुलाएको छैन । अनुुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने डीएसपी सापकोटाले बताए ।

उनका अनुुसार उनीहरुको साथबाट तीन वटा खुँडा, दुई वटा खकुरी, बन्चरो लगायतका घरेलु हतियार बरामद गरिएको छ । दुुई समूूहबीच झडप हुने सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानमा छ सीआईबी पनि

शुरुमा दोहोरो झडपका क्रममा बडुवालको हत्या भएको बताएको प्रहरीले अहिले घटनाको रहस्य खुल्न अझै समय लाग्ने बताउन थालेको छ ।

यो घटनाको सुुक्ष्म अनुुसन्धान र केही प्राविधिक पक्षको विश्लेषण आवश्यक ठानेर केन्द्रीय अनुुसन्धान ब्यूूरो (सीआईबी) को माग गरेको प्रहरीले निश्कर्षमा पुुग्न अझै समय लाग्ने जनाएको छ ।

कैलाली आएको सीआईबीको टोलीले पनि सोमबारदेखि नै काम शुुरु गरेको छ । कैलालीका प्रमुुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले घटना अनुुसन्धानकै क्रममा रहेकाले यसबारे बताउन नसकिने प्रतिक्रिया दिए ।

फरार रहेकाहरुको खोजी र अन्य शंकास्पद व्यक्तिहरुमाथि निगरानी गर्दै सोधपुुछ गर्ने काम जारी राखिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?