+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विमानस्थलबाट दुई किलो सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १३:०९
फाइल तस्वीर

३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।

सुन बरामद भएपछि प्रहरीले दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले अनलाइनखबरसँग भने, ‘तरल बनाएर सुन ल्याएको देखिएको छ, परीक्षणको लागि प‍ठाउने तयारी गरिरहेका छौ।’

उनीहरूले भित्री वस्त्रमा फल्स बटम बनाएर नेपाल एयरलाइन्सको जाहजमा चढेर सुन ल्याएको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?