+
+

प्रधानमन्त्री देउवालाई भेट्न शशांक बालुवाटारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते १५:५४

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला बालुवाटार पुगेका छन् । अहिले बालुवाटारमा शशांक र देउवाबीच छलफल जारी छ ।

आगामी महाधिवेशनकै विषयमा दुई नेताबीच कुराकानी भइरहेको कोइराला निकट एक नेताले जानकारी दिए ।

पार्टीको महाधिवेशन नजिकिएका बेला कोइरालाले सक्रियता बढाएका छन् । आगामी महाधिवेशनका लागि देउवा सभापतिमा पुनः दोहोरिन लागेका छन भने कोइराला पनि सभापति पदकै आकांक्षी हुन् ।

कोइरालाले शनिबार नै नेता प्रकाशमान सिंहसँग समेत भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?