+
+

फियोरेन्टिनासँग एसी मिलान पराजित, बोनुचीको २ गोलमा युभेन्ट्स विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते ९:२६

५ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा शनिबार राति भएको खेलमा एसी मिलान फियोरेन्टिनासँग ४-३ ले पराजित भएको छ । एसी मिलानले फियोरेन्टिनासँग हारपछि शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

घरेलु मैदानमा फियोरेन्टिनाका लागि डुसान भ्लाहोभिचले दुई तथा अल्फ्रेड डनकन र गिएकोम्पो बोनाभेन्टुराले एक एक गोल गरे ।

मिलानका लागि ज्लाटन इब्राहिमोभिचले दुई गोल गरे । फियोरेन्टिनाका लरेन्जो भेनुटीले एक आत्मघाती गोल गरेका थिए ।

हारपछि एसी मिलान १३ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमै छ । एक खेल कम खेलेको नापोली उति नै अंकका साथ शीर्ष स्थानमा छ । फियोरेन्टिना १३ खेलबाट २१ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

अर्को खेलमा एटलान्टाले स्पेजियालाई ५-२ ले पराजित गरेको छ । एटलान्टा २५ अंकसहित चौथो स्थानमा छ ।

यस्तै लियोनार्दो बोनुचीको दुई गोल मद्द्तमा युभेन्ट्सले लाजियोलाई २-० ले पराजित गरेको छ । लाजियोको मैदानमा बोनुचीले दुवै गोल पेनाल्टीमा गरेका थिए ।

जितपछि १३ खेलबाट २१ अंक जोडेर युभेन्ट्स सातौं स्थानमा उक्लेको छ । समान अंक भए पनि लाजियो गोलअन्तरमा अघि रहेर पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?