+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते २०:५२

७ मंसिर, भक्तपुर । भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटिएको छ ।

मंगलबार बिहान १०: ५० बजे चाँगुनारायण नगरपालिका-९ स्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए ।

उनका अनुसार वनमा लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इन्च लामो मानव कंकाल फेला परेको हो ।

नजिकैको लप्सीको रुखमा जुटको डोरीको पासो चुडिएको अवस्थामा रहेको, रुखको फेदमा एचपी इन्भेन्ट लेखेको कालो रंगको झोला पनि फेला परेको प्रहरीले जनाएको छ ।

उक्त झोलासँगै नाम्लोको फित्ता रहेको, एउटा चेक सर्ट, चोया काढ्ने कर्द (चक्कु), प्लाष्टिकको फित्ता. बाँसको चोया, प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा रुद्राक्ष, दाँत माझ्‍ने ब्रस, प्रयोग गरेको मास्क, पत्रिकाको टुक्रा, उक जोर गोल्डस्टार जुत्ता आदि भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?