+
+

च्याम्पियन्स लिग : युभेन्ट्सलाई ४-० ले हराउँदै चेल्सी नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते ६:४१

काठमाडौं । इंग्ल्स क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४-० ले पराजित गर्दै चेल्सी समूह एचबाट नकआउट चरण पुग्ने दोस्रो टोली बन्यो ।

यसअघि नै युभेन्ट्सले नकआउट चरणमा स्थान बनाइसकेको छ ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीलाई शानदार जित दिलाउन ट्रेभो चालाबाहले २६औं, रिस जेम्सले ५५औं, कलुम हड्सन ओडोईले ५८औं र टिमो वर्नरले इन्जुरी टाइममा गोल गरे ।

जितपछि ४५ खेलबाट युभेन्ट्स समान १२ अंक जोडेको चेल्सी गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा उक्लेको छ ।

यस समूहका अन्य दुई टिम जेनिथ सेन्ट पिटर्सवर्ग र माल्मो भने समूह चरणबाटै बाहिरिएका छन् । दुवैल १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment