
१३ मंसिर, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको नापोलीले लाजियोलाई ४-० ले पराजित गरेको छ । यस जितपछि नापोलीले दोस्रो स्थानको एसी मिलानमाथि तीन अंकको अग्रतासमेत बनाएको छ ।
घरेलु मैदानमा नापोलीका लागि ड्राई मर्टेन्सले दुई तथा पिटर जेलिन्स्की र फाबियनले एक/एक गोल गरे ।
जितपछि नापोलीले १४ खेलबाट ३५ अंक जोडेको छ । समान खेलबाट ३२ अंकसहित मिलान दोस्रो स्थानमा छ । लाजियो १४ खेलबाट २१ अंकसहित आठौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4