
१३ मंसिर, चितवन । चितवनको सौरहामा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी भइरहेको छ ।
मनोनयन दर्ताको समय सकिएपछि थप प्रक्रिया पूरा गर्ने र त्यसपछि निर्वाचनमा जाने तयारी रहेको नेताहरु बताउँछन् । मतदानका लागि राति ९ बजेको समय प्रस्ताव गरिएको छ । यद्यपि मनोनयन दर्ता नै पूर्वनिर्धारित समयमा नभएकाले कति बजे मतदान सुरु हुन्छ भनेर ठोकुवाका साथ भन्न सकिने स्थिति छैन ।
मतदानमा विद्युतीय मेसिन प्रयोग हुने छ । त्यसका लागि सबै तम्तयार अवस्थामा रहेको नेकपा एमालेको निर्वाचन समितिका एक सदस्यले बताए । विद्युतीय मेसिन प्रयोग हुँदा मत परिणाम पनि छिट्टै सार्वजनिक हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4