+
+

राष्ट्रिय टिमको प्रशिक्षण तत्काल सुरु गर्छौं : सदस्य-सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले करीब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते २०:०७

१४ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले करीब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने बताएका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य-सचिव घिसिङले पहिलो निर्णय गर्दै सो कुरा बताएका हुन् । साथै उनले सबै खेलाडीको बीमा सम्बन्धमा कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाउने बताए ।

घिसिङलाई सोमबारको मन्त्री परिषद् बैठकले राखेपको सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसअघि मंगलबारै सदस्य–सचिव घिसिङले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरे ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवनियुक्त सदस्य–सचिव घिसिङलाई नियुक्ति पत्र र शपथ ग्रहण गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले काम काज सहि र सरल ढंगले अगाडि बढाउनु पर्ने बताउँदै खेलाडीको मनोबल उच्च बनाउन र पूर्वाधार विकासमा जोड दिनु पर्ने बताए ।

मन्त्री गहतराजले मन्त्रालयसँग जवाफदेही हुँदै खेल संघसंग घनिष्ठ सम्बन्ध राख्दै काम अगाडि बढाउनु पर्ने बताउँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राखेपले एउटा योग्य नेतृत्व पाएको धारणा व्यक्त गर्दै नवनियुक्त सदस्य–सचिवलाई अवसर र चुनौती दुवै रहेको बताए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले विद्युतमा कुलमान घिसिङले जस्तै खेलकुदमा नवनियुक्त सदस्य–सचिवले उदाहरणीय र प्रशंसनीय कार्य गर्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त सदस्य–सचिव घिसिङले नेपाल सरकारले जुन विश्वास र जिम्मेवारी सुम्पिएर पठाएको छ त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय टोलीको सुधार गर्नु पर्ने आवश्यकता औल्याए । नेपाल रग्बी संघका अध्यक्ष घिसिङले उक्त पदबाट राजिनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?