
१६ मंसिर, काठमाडौं । विश्वभर आपूर्ति श्रृंखलामा आइरहेको समस्याका कारण उपभोग्य सानहरुको मूल्यमा भएको बढोत्तरी तथा बढ्दो महंगीका कारण इजरायलको तेल अबिब विश्वको सबैभन्दा महंगो शहर बनेको छ ।
इकोनोमिक इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको रिपोर्टमा तेलअबिब पहिलो पटक विश्वका महंगो शहरको पहिलो नम्बरमा परेको हो । गतवर्ष तेलअबिब पाँचौँ नम्बरमा थियो ।
त्यस्तै लामो समयदेखि युद्धसँग जुझिरहेको सिरियाको राजधानी दमास्कस संसारको सबैभन्दा सस्तो शहरको रुपमा रहेको छ ।
इकोनोमिक इन्टेलिजेन्स युनिटले वस्तु तथा सेवाहरुको मूल्यको आधारमा संसारका १ सय ७३ देशका शहरका तुलना गरेको थियो । यसका लागि गत अगष्ट तथा सेप्टेम्बरमा तथ्यांक संकलन गरिएको थियो । जसअनुसार पछिल्लो पाँच वर्षमा स्थानीय मुद्रामा तेलअबिबमा ३.५ प्रतिशतको दरले मूल्यवृद्धि भएको छ ।
सर्भेक्षणमा सहभागी गराइएका शहरहरुमा गत वर्ष यातायातमा सबैभन्दा धेरै महंगी देखिएको छ । जसको मूख्य कारण पेट्रोलको मूल्यमा भएको २१ प्रतिशतको मूल्यवृद्धि हो ।
इकोनोमिक इन्टेलिजेन्स युनिटले सार्वज्निक गरेको सन् २०२१ को वर्ल्ड कस्ट अफ लिभिंग इन्डेक्स अनुसार तेलअबिब संसारको सबैभन्दा महंगो शहर बन्नुको प्रमुख कारण अमेरिकी डलरमा तुलनामा इजरायलको मुद्रा शेकेलको भाउ अवमूल्यन हुनु हो । जसका कारण त्यहाँ विभिन्न उपभोग्य वस्तुहरु तथा खाद्यान्नको मूल्यमा १० प्रतिशत सम्मको मूल्यवृद्धि देखिएको छ ।
त्यस्तै मदिरा तथा यातायातको मामिलामा चाहीँ तेलअबिब संसारको दोश्रो सबैभन्दा महंगो शहर हो भने व्यक्तिगत स्याहारका सामानको मूल्यको दृष्टिले पाँचौँ र मनोरञ्जन तथा विदा मनाउन हुने खर्चको दृष्टिले छैटौँ महंगो शहर बनेको छ ।
इकोनोमिक इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्स २०२१ अनुसार
संसारका सबैभन्दा महंगा १० शहर यी हुन्ः
१. तेलअबिब, इजरायल
२. पेरिस, फ्रान्स
३· सिंगापुर
४· ज्यूरिच, स्विजरल्याण्ड
५· हंगकंग
६· न्युयोर्क, अमेरिका
७· जेनेभा, स्विजरल्याण्ड
८· कोपनहेगन, डेनमार्क
९· लस एन्जल्स, अमेरिका
१०· ओसाका, जापान
उक्त रिपोर्ट अनुसार सबैभन्दा सस्ता १० शहर यी हुन्ः
१·दमास्कस, इजरायल
२· त्रिपोली, लिबिया
३· तासकन्द, उज्वेकिस्तान
४· ट्यूनिस, ट्यूनिसिया
५· अल्माटी, कजाकस्तान
६· कराँची, पाकिस्तान
७· अहमदावाद, भारत
८· अल्जियर्स, अल्जेरिया
९· ब्युनर्स आयर्स, अर्जेन्टिना
१०· लुसाका, जाम्बिय
महँगा शहरहरुको सूचीमा विश्वमा प्रमुख शहरहरुको अवस्था यस्तो छः
१· लण्डन १७ औँ
२· सिड्नी १४ औँ
३· मेलवर्न १६ औँ
४· टोकियो १३ औँ
५· भियना १४ औँ
६· फ्रांकफर्ट १९ औँ
७· सांघाइ १९ औँ
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4